Logo
२३ बैशाख २०८१, आईतबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शर्लिनले शिल्पालाई भनिन् : ‘पीडित युवतीहरूमाथि थोरै सहानुभूति देखाउनुस्’

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा गत महिना पोर्न फिल्म निर्माण तथा प्रसारण गरेको अभियोगमा पक्राउ परी अहिले जेल जीवन विताइरहेका छन् ।

मुम्बई प्रहरीको अपराध शाखाले उनीमाथि छानबिन गरिरहेको छ । कुन्द्रा जेल परेसँगै उनीसँग जोडिएका विभिन्न मामिलाहरु बाहिरिने क्रम जारी नै छ ।

राज कुन्द्रासँग जोडिएकी अभिनेत्री शर्लिन चोपडाले पनि उक्त प्रकरणका सुरुदेखि नै बोल्दै आएकी छन् । उनले राज कुन्द्रामाथि विभिन्न आरोप लगाउँदै आएकी छन् । ​

शर्लिन पुनः एक पटक सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै उक्त विषयमा बोलेकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘हे शिल्पा दिदि पीडित युवतीहरुप्रति थोरै भएपनि सहानुभूति व्यक्त गर्नुस् । यो मेरो तपाईंलाई बिन्ती छ । आफ्नो गल्ती स्वीकार गर्दा कोही पनि सानो हुँदैन ।

उनले आफ्ना पोस्ट्हरुलाई तोडमोड गरी सामाजिक सञ्जालमा पोस्ट् गर्ने गरिएकोप्रति पनि असन्तुष्टी व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्