Logo
५ जेष्ठ २०८१, शनिबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘टाइगर ३’ फिल्ममा अभिनेता सलमान देखिए यस्तो लुक्समा !

बलिउड अभिनेता सलमान खान अहिले फिल्म ‘टाइगर ३’ को सुटिङका लागि रसियामा छन् । उनी शुक्रबार फिल्म ‘टाइगर ३’ को सुटिङका लागि त्यहाँ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो ।

सलमानको रसिया सुटिङ सेटबाट फिल्मका केही तस्बिर अहिले बाहिर आएको छ । जसमा सलमान सुनौलो रंगको दाह्री, जुँगा र कपालमा विदेशी नागरिक झै देखिएका छन् । उनको दाह्री, जुँगा र कपाल निकै लामो देख्न सकिन्छ ।

सलमान अघिल्लो दुई सिक्वेल झै यो फिल्ममा पनि ‘र’ एजेन्टको भूमिकामा देखिँदैछन् । फिल्ममा कट्रिनाको समेत दमदार भूमिका रहेको छ । फिल्ममा इमरान हाशमी नेगेटिभ भूमिका भएपनि राम्रो भूमिकामा देखिँदैछन् ।

यो फिल्मका निर्देशक मनिष शर्मा हुन् । इमरान भित्रिने दृश्य आकर्षक बनाउनका लागि निर्माण युनिटले दश करोड खर्च गरेको छ । यो सबैभन्दा महंगो एक्सन फिल्म हुन सक्ने बताइन्छ ।एजेन्सी 

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्