Logo
५ जेष्ठ २०८१, शनिबार
(August 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता चिरञ्जीवीको आज ६६ औं जन्मदिन, उनी करोडौंको मालिक र राजनीतिमा समेत सफल

आज दक्षिण भारतीय अभिनेता चिरञ्जीवीले आफ्नो ६६ औं जन्मदिन मनाउँदै छन् । । उनी २२ अगष्ट अर्थात आज ६६ बर्ष पुगेका छन् ।

उनको जन्म आन्ध्र प्रदेशको मोगालथुरमा २२ अगष्ट भएको हो । उनको सक्कली नाम कोनीडेला शिव शंकर प्रसाद रहेको छ । उनलाई आमाले नाम परिवर्तन गरेर चिरन्जीवी राखिदिएकी थिइन् ।

उनको नामको अर्थ हमेश जिवित रहेको छ ।उनका फ्यान भारतमा मात्र नभएर विश्वभर रहेका छन् । उनी हिरो, च्यालेन्ज, इन्द्रा र खुनका रिश्ता जस्ता फिल्मबाट दर्शकमा मनमा बस्न सफल छन् ।

चिरन्जीवीले १९८० मा सुरेखासँग विवाह गरेका थिए । उनका तीन सन्तान छन् । एक छोरा राम चरण तेजा हुन् भने दुई छोरी श्रीजा र सुष्मिता रहेका छन् ।

राम चरण साउथ फिल्मका चर्चित हिरो हुन् । चिरन्जीवीले अभिनयको सुरुवात १९७८ मा फिल्म प्रनाम खारेडुबाट गरेका थिए । फिल्ममा उनको भूमिका सानो थियो । अहिले चिरन्जीवी १५०० करोडमा मालिक हुन् ।

चिरन्जीवी १९८३ को फिल्म ‘खादी’ अभिनयपछि रातारात स्टार बन्न सफल भएका हुन् । यस अगाडि पनि उनले थुप्रै फिल्म अभिनय गरेका थिए ।

८० र ९० को दशकमा उनले कयौँ सुपरहिट फिल्म दिएका छन् । साउथ फिल्मको अलवा उनले बलिउड फिल्ममा पनि काम गरेका छन् । अस्कर अवार्ड समारोहमा बोलाइएको चिरन्जीवी साउथका पहिलो सुपर स्टार हुन् ।

साउथ र बलिउडको सफलतापछि चिरन्जीवीले राजनीतिमा पनि पाइला बढाएका थिए । जसमा उनी सफल समेत भए । उनले २००८ मा आन्ध्र प्रदेशमा ‘प्रजा राज्यम’ पार्टीको स्थापना गरे ।

२००९मा भएको विधानसभा चुनावमा उनको पार्टीले १८ सिट प्राप्त गर्यो । सामाजिक कार्यकर्ताको रुपमा पनि उनी चिनिएका छन् । राजनीतिक करियर सुरु गर्नु अगाडि उनी ‘शंकर दादा जिन्दावाद’ फिल्ममा देखिएका थिए । उनको बुहारी उपासना कमिनेनी अर्बपति परिवारकी हुन् ।

 

प्रकाशित मिति: Aug 22, 2021

प्रतिक्रिया दिनुहोस्