Logo
५ जेष्ठ २०८१, शनिबार
(August 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानी अभिनेत्री अजिता गनीजादालाई तालिबानको धम्की

अफगानिस्तानलाई तालिवानले सत्ता कब्जा गरेपछि त्यहाका धेरै जनाताहरुले देश छाडिरहेका छन् ।अफगानिस्तानमा तालिबानको शासन लागू हुने भएपछि त्यहाँको अवस्था र अफगानी जनताका लागि विश्वले प्रार्थना गरिरहेका छन् ।

अफगानिस्तानका जनताहरु बेसहारा भएपछि अफगानी मुलकी हलिउड अभिनेत्री अजिता गनीजादाले लगातार निर्दोष जनताहरुका लागि आवाज उठाइरहेकी छन् ।

र उनले तालिबानका विभिन्न क्रियाकलापहरु पनि बाहिर ल्याउन थालेकी छन् ।तर, तालिबानका लडाकुहरुलाई अभिनेत्रीले वकालत गरेको मन पराएनन् । उनीहरुले अभिनेत्री अजितालाई धम्की दिन थालेका छन् ।

अभिनेत्री अजिताले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि प्रश्न गरेकी थिइन् । उनले अफगानीस्तानका जनताका लागि बाइडेनसँग न्याय समेत मागेकी छन् ।

उनले तालिबानका झुठको पर्दाफास गर्दै आएकी छन् । उनले आफ्ना पूराना फोटो र भिडियो शेयर गर्दै लेखेकी छन्, ‘हरेक मिनेटमा चिज बदलिन्छ । मलाई तालिबानका म्यासेज आइरहेका छन् । ‘डियर गर्ल चिन्ता नगर्नु, प्रोपोगान्डा फैलाउन बन्द गर’ ।

यद्पि तालिवानले सम्पूर्णसँग हातेमालो गरी कार्य गर्ने भनिरहेका छन् । उनीहरुले अफगानीस्तानमा द्वन्ध अन्त्य भएको घोषणा गरेका थिए । उनीहरुले उनीहरुविरुध लडेकालाई आममाफी दिएका थिए । एजेन्सी

प्रकाशित मिति: Aug 20, 2021

प्रतिक्रिया दिनुहोस्