Logo
५ जेष्ठ २०८१, शनिबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपिकाले जिया खानको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा

बलिउडमा कुनै न कुनै विवादले बजारम तातिरहेको हुन्छ । बलिउड भनेको विवादको समुन्द्रभन्दा पनि फरक पर्दैन । पछिल्लो समयमा बलिउडमा अभिनेत्री शिल्पा शट्टी र उनका पति राज कुन्द्राको केशले बजार तातिरहेको छ ।

त्यस्तै यतिबेला अभिनेत्री दीपिका पादुकोणले अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा तानिएकी छन् ।

दीपिकाले फरक-फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा घेरिएकी छन् ।दीपिकाले आफ्नो च्यारिटी फाउन्डेशन ‘द लिभ लभ लाफ फाउन्डेशन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने भएकी हुन् ।

उनले गरेको निर्णयलाई सामाजिक सञ्जालमा थुप्रै गाली र नराम्रो प्रतिक्रिया दिइएको छ । दीपिकाले राखेका २ वटा कुर्ता लिलामीमा राखेकी छन् त्यो कुर्ता लगाएको पल कसैले पनि सम्झन चाहेको छैन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दीपिकाले जिया खानको अन्तिम संस्कारमा लगाएको कुर्ता लिलामी गर्नु तल्लो स्तरको निर्णय भएको बताएका छन् ।

सोसल मिडियामा एक प्रयोगकर्ताले दाबी गरे कि लिलामीको लागी राखिएको कुर्ता दीपिकाले लगाइन् जब उनी अभिनेत्री जिया खानको अन्तिम संस्कारमा सहभागी थिइन्। उनले सन् २०१३ मा प्रियङ्का चोपडाका बुवा अशोक चोपडाको मृत्युपछि प्रार्थना सभामा पुग्दा पनि कुर्ता लगाएकी थिइन्।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, म धेरै आश्चर्यचकित छु। मेरो मन पर्ने दीपिका पादुकोणले २०१३ मा दुई वटा अन्त्येष्टि कार्यक्रममा लगाएको उनको कपडाहरूलाई लिलामी गर्ने निर्णय गरेकी छिन्। यसले उनको स्तर देखाएको छ।

दीपिका पादुकोणले धेरै पटक डिप्रेसनसँग सङ्घर्ष गरिरहेकी छिन्। यसबाट निको भएपछि सन् २०१५ मा उनले लाइभ लव लाफ फाउन्डेसन स्थापना गरिन् । फाउन्डेसनको उद्देश्य डिप्रेसन पीडितहरूलाई मद्दत गर्नु हो।

एक समय दीपिका आफै डिप्रेसनबाट पीडित थिइन् र धेरै प्रयासपछि आफैँलाई यसबाट बाहिर निकालिन। त्यसैले अब उनी त्यस्ता मानिसहरूलाई मद्दत गर्न चाहन्छिन्। तर, उनी माथिको टिप्पणीका कारण फेरी उनी आफैँ डिप्रेसनमा जाने चिन्ता बढेको छ।

 

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्