Logo
२५ बैशाख २०८१, मंगलबार
(August 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाइलाई पिसाव पोल्ने र दुख्ने समस्या छ ? समाधानका लागि यी घरेलु उपाय अपनाउनुहोस् !

पिसाब पोल्ने वा दुख्ने समस्या धेरै जसो मानिसलाई हुने गर्छ । धेरै मानिसले पिसाव पोल्ने समस्या भोगिरहेका हुन्छन् । पिसाव पोल्ने समस्या परुषमा भन्दा महिलामा बढी देखिने गर्छ ।

खास गरी गर्मीको मौसमा पिसाव बढी पोल्ने गर्छ र तल्लो पेट दुख्ने गर्छ ।शरीरमा पानीको मात्रा अपुग हुँदा पिसाब पोल्छ ।यद्यपी अरु थुप्रै कारण हुन्छ, जसले पिसाब पोल्ने र दुख्ने गर्छ ।

आज हामी तपाइलाई पिसाब पोल्ने र दुख्ने समस्यालाई कसरि कम गर्न सकिन्छ भनी घरेलु बिधिको बारेमा जानकारी दिन गइरहेका छौ ।

-फलफुलमा आलुवखरा,अंगुर, पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।

– गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।

– बोटैमा पाकेको अर्गानिक आँप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।

– दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

– दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

– पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै क्षारयुक्त पदार्थको सेवन गर्ने ।

– हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

– तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।

-हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।एजेन्सी

 

 

 

प्रकाशित मिति: Aug 18, 2021

प्रतिक्रिया दिनुहोस्