Logo
२४ बैशाख २०८१, सोमबार
(August 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनसँग खरिद गरिएको ८ लाख डोज भेरोसेल खोप आज नेपाल आउँदै

नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।बाँकी रहेको थप ८ लाख डोज खोप भोली नेपाल आउने बताइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट दुई दिन भित्र १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।

यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने नेपाल आउने भएको छ ।

नेपालमा अहिलेसम्म बिभिन्न मुलुकबाट २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको छ

 

प्रकाशित मिति: Aug 18, 2021

प्रतिक्रिया दिनुहोस्