Logo
२२ बैशाख २०८१, शनिबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली,सबै उडान रद्द

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपी अफगानिस्तान छोड्नको लागि विमानस्थलमा मानिसहरूको भिड रहेको अवस्थामा अमेरिकी सेनाले गाली चलाएको हो ।

तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका विदेशी मुलुकहरूका नागरिकहरुले स्वदेश फिर्ता हुने क्रममा विमानस्थलमा बढिरहेको भिडका बीच अमेरिकी सेनाले गोली चलाउँदा उडान पनि रद्द गरिएको बताइएको छ ।

एएफपिसँगको कुराकानीमा एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘मलाई धेरै डर लागिरहेको छ, धेरै हवाई फायरहरू भइसेका छन् ।’

गोली चलेसँगै सैन्यबाहेकका सबै उडान रद्द गरिएको डेलिमेलले उल्लेख गरेको छ । विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

हजारौँको सङ्ख्यामा अफगानी नागरिकहरू पनि देश छोड्न विमानस्थल पुगेको बताइएको छ ।नेटोका एक अधिकारीका अनुसार विमानस्थलमा गोली चलेसँगै सबै उडान रद्द गरिएका छन् । उडान सञ्चालनका लागि नेटोले पहल गरिरहेको छ । विमानभित्र बसेकाहरूलाई पनि बाहिर निकालिएको बताइएको छ ।

तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ ।

प्रकाशित मिति: Aug 16, 2021

प्रतिक्रिया दिनुहोस्