Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अश्लिल फिल्म प्रकरण : गहना वशिष्ठको जमानत याचिका अदालतले गर्यो अस्वीकार !

बलिउड बजार काण्ड नै काण्डले भरिएको समुद्र जस्तै हो । बलिउड भित्र कुनै न कुनै काडले सधै बजार तातिराखेको हुन्छ । पछिल्लो समयामा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको अश्लिल भिडियो प्रहरण बलिउड बजारको खजना बनिरहेको छ ।

त्यहि क्रममा अभिनेत्री शिल्पासँग जोडिएको आन्तिरीक कुराहरु पनि बाहिर निस्कीरहेका छन् । शिल्पाका पति राज कुन्द्रा अहिले हिराशतमा रहेका छन् ।

प्रहरीको अनुसन्धान जारी रहेको छ । त्यस्तै अभिनेत्री गहना वशिष्ठको जमानत मुम्बईको याचिका अदालतले अस्वीकार गरेको छ ।

श्लिल भिडियो मामिलामा पक्राउ पर्ने डरले अग्रीम जमानत मागेकी गहनाको जमानत मुम्बईको एक सत्र अदालतले अस्वीकार गरेको हो । एक मोडलले शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको कम्पनी र गहना वशिष्ठका ३ देखि ४ निर्माताविरुद्ध मालवानी पुलिस स्टेशनमा एफआइआर दर्ता गरेकी थिइन् ।

पुलिस स्टेशनमा दर्ता भएको उक्त मुद्दा समेत अहिले मुम्बई क्राइम ब्रान्चमा पुगेको छ ।गहना फेब्रुअरी महिनामा पनि अश्लिल भिडियो छायाँकन र प्रसारणको मामलामा पक्राउ परेकी थिइन् ।

गहनाको वास्तविक नाम वन्दना तिवारी हो । उनको जन्म छत्तीसगढको चिमरी गाउँमा भएको थियो । उनको सानैदेखि अभिनय र मोडलिङमा रुचि थियो । उनले २०१२ मा मिस एसिया बिकिनीको उपाधि पनि जितेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार गहनाले अहिलेसम्म ७० बढी विज्ञापन अभिनय गरिसकेकी छन् । पछिल्लो पाँच बर्षमा उनले साउथका मात्र ३० भन्दा बढी फिल्म अभिनय गरेकी छन् । पछिल्लो समय राज कुन्द्राको मामिलामा उनी लगातार चर्चामा छाउने गरेकी छन् ।

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्