Logo
२४ बैशाख २०८१, सोमबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघिल्लो सरकारको पालामा ९७ लाख मात्र खोप प्राप्त भएको छ : उमेश श्रेष्ठ

अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिएका छन् ।

सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनले बताए ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

 

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्