Logo
५ जेष्ठ २०८१, शनिबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दामाथि करोडौं ठगीको आरोप !

बलिउड अभिनेत्री शिल्पा शेट्टीमाथी लखनउकी एक महिलाले करोडौं ठगी गरेको आरोप लगाएकी छन् । ति महिलाको आरोपपछि मुम्बई र युपी प्रहरीले छानबिन सुरु गरेको छ ।

यता शिल्पाका पति राज कुन्द्रा यतिबेला पोनोग्राफी प्रकरण प्रहरीको हिरासतमा छन् । भने, शिल्पासँग पनि यसको विषयमा सोधपुछ भइरहेको छ ।

बुधबार दिउँसो अभिनेत्री शेट्टीको जुहुस्थित घरमा मुम्बई र युपी प्रहरी पुगेको तस्बिर सामाजिक सञ्जालमा छाएको छ ।तस्बिरमा प्रहरीका केही अधिकारीहरु शिल्पाको बंगलाको भित्र गइरहेको देखिएको छ ।

यसैबीच, केही प्रहरी अधिकारी सूचना पनि साथमा लिएर आएका भारतीय सञ्चार माध्यममा उल्लेख छ ।लखनउका विभूतिखण्ड प्रहरी स्टेशनमा ‘ओमेक्स हाइट्स’ निवासी ज्योत्सना चौहानले र हजरतगंज थानामा रोहित विर सिंहले शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको विरुद्ध ठगी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन् ।

हजरतजंग प्रहरीले सोधपुछका लागि दुवैलाई एक महिनाको सूचना जारी गरिदिएको छ ।‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने नाममा शिल्पा र सनन्दाको कम्पनीका मानिसहरुले दुई व्यक्तिहरुसँग करोडौँ ठगी गरेको आरोप लागेको हो ।

पैसा लिएर अभिनेत्री र उनकी आमाले आफ्नो कसम पूरा नगरेको र कम्पनी ओपनिङमा समेत शिल्पा नगएको उनीहरुमाथि आरोप छ ।

विभूतिखण्ड प्रहरीले सन् २०२० जुन १९ मा यस मामिलाको एफआइआर दर्ता गराएको थियो । यसमाथि कारबाही नभएपछि प्रहरीले सरुवा समेत भएको थियो ।

 

 

 

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्