Logo
५ जेष्ठ २०८१, शनिबार
(August 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करीना कपुरले मुगल बादशाहको नामबाट नै राखिन् सानो छोराको नाम पनि !

बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरको दोस्रो सन्तानको नाम पनि मुगल बादशाहको नामबाट नै राखिएको छ ।

उनीहरुको दोस्रो छोराको नाम जहांगीर अली खान राखिएको हो । दोस्रो सन्तानको नाम जहांगीर राखिएको उनीहरुको पारिवारिक स्रोतले जनाएको छ । यद्यपि, नाम भने सैफ र करीनाले नै घोषणा गर्नेछन् ।

सैफ र परिवारका एक सदस्यले भारतीय पत्रिका दैनिक भास्करलाई भनेका छन्, ‘ छोरा सैफ र करीनाको हो । उनीहरुको नाम राख्ने अधिकार उनीहरुको नै हो । हामीलाई त पहिलो छोराको नाम तैमुर राख्दा वा दोस्रोको नाम जहांगीर राख्दा कुनै समस्या छैन ।’

उनले अगाडि भनेका छन्, ‘तैमुरको घरको नाम टिमटिम हो । जो निकै नै सुन्दर छ । अर्को छोराको नाम जेह हो । अब नामाकरण गर्दा भने जहांगीर राखिएको छ ।’

जहांगीर को हुन् ?
मुगल बादशाह अकबरका छोरा सलीमको नाम नै जहांगीर थियो । जहांगीर एक पारसी शब्द हो । जसको अर्थ संसारभर राज गर्ने भन्ने बुझिन्छ । जहांगिरको वास्तविक नाम नुर उद दीन मोहम्मद सलीम थियो ।

 

प्रकाशित मिति: Aug 11, 2021

प्रतिक्रिया दिनुहोस्