Logo
५ जेष्ठ २०८१, शनिबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलिया भट्ट र रणवीर कपुरको यसै वर्ष विवाह !

बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट लामो समयदेखि डेट गरीरहेका छन् । उनीहरुले आफ्नो सम्वन्धबारे आधिकारीक खुलेर अहिलेसम्म बोलेका छैनन् ।

तर पनि उनीहरुको जोडीलाई अक्सर एकसाथ देख्न सकिन्छ । उनीहरुका फ्यानहरुले विवाह गर्ने भन्ने प्रश्न गरीरेका हुन्छन् ।आलिया र रणबीरले यसै वर्ष बिवाह गर्न सक्ने अभिनेत्री लारा दत्तले बताएकी छन् ।

लाराले एक अन्तर्वार्ताको क्रममा दुबैले यो वर्ष विवाह गर्नसक्ने बताएकी हुन् ।लाराले आफू पुरानो जेनरेशन भएपनि कसको कोसँग डेट रहेको थाहा भएको बताउँदै आलियाले यो बर्ष विवाह गर्ने बताएको उनको भनाइ छ ।

रणबीर र अलियाको प्रेमको सुरुवात फिल्म ‘ब्रहस्त्र’को सुटिङ सेटबाट भएको थियो । दुबै बेलाबेलामा एकअर्काको परिवारसँग पनि देखिँदै आएका छन् ।

रणबीरले एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि कोरोना महामारी फैलिएको थिएन भने अहिलेसम्म म विवाह गरिसकेको हुन्थेँ।’एजेन्सी

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्