Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस

बढुवा समितिको बैठकले उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा मेटेरियोलोजी समूहमा वरुण पौडेल, केमेष्ट्री समूहमा राजेशप्रसाद सिंह, एगृ इरिगेशन समूहमा मुकेश पाठक र माधव कोइराला छन् ।

यसअघि सोमबार पनि इन्जिनियरिङ सेवामै दुई जनालाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको थियो ।

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्