Logo
२५ बैशाख २०८१, मंगलबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहानै उठेर तेजपातको चिया पिउँदा हुन्छन् यस्ता फाईदा !

हाम्रो समाजमा धेरैजसो मानिसहरुले बिहान उठेर दुध हालेको चियाँ पिउने आदत हुने गर्छ । दुध चिया पिउँदा त स्वादिष्ट हुन्छ तर त्यति नै मानव स्वास्थ्यमा असर गर्छ ।

यदि तपाईं तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ ।

खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ ।

यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपाई हरेक दिन बिहान यसको चिया पिउँदा स्वास्थ्यमा धेरै फाइदा पाइन्छ ।

खाने तरिका

तेजपातको चिया बनाउनका लागि ३ वटा तेजपात लिने, यसमा एक चुट्की दालचिनी पाउडर, २ कप पानी, कागती र मह लिने । तेजपातलाई राम्रोसँग पखाल्ने र उमालेको पानीमा राख्ने ।

र यसमा दालचिनीको पाउडर मिसाउने । यसलाई १० मिनेटसम्म पकाउने र छानेर चिया पिउने गर्नुपर्छ । स्वादिष्ट बनाउनका लागि मह र निम्बु मिसाउन सकिन्छ ।

तेजपातको चियामा मेटाबोलिज्म बढाउने पदार्थ पाइन्छ । यसले शरीरमा अनावश्यक बोसोलाई पगाल्न मद्दत गर्छ । यसमा प्रोटिन र फाइबर पाइन्छ । दालचिनीले शरीरमा डिटोक्स गर्ने काम गर्छ । यसका साथै, यो चिया पिउने गर्दा चिन्ताको मात्रा कम हुन्छ । र तौल पनि कम हुन्छ ।एजेन्सी

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्