Logo
५ जेष्ठ २०८१, शनिबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित अभिनेता अनुपम श्यामको निधन

भारतीय चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ  ।चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएका छन् ।

उनी लामो समयदेखि किड्नीको समस्याबाट पीडित थिए । मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको थियो । मल्टिपल अर्गन फेलियरका कारण उनको निधन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको बताएका छन् ।

उनी ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट चर्चित बनेका थिए ।

 

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्