Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ अवतारमा रोयल इन्फिल्ड हन्टर ३५० बाइक आउँदै, यस्तो छ विशेष !

नयाँ अवतारमा रोयल इन्फिल्ड हन्टर ३५० बाइक आउँदै छ । रोयल इन्फिल्डले ३५० सीसी वा त्यो भन्दा बढी पावरफुल कम्युट, एड्भेन्चर र टुरर बाइक सेगमेन्टमा ग्राहकलाई लोभ्याइरहेको छ ।

आउँदो समयमा कम्पनीले ग्राहकलाई सरप्राइज दिने भएको छ । कम्पनीको ४-५ नयाँ बाइक तयारी अवस्थामा रहेको छ । यसमा रोयल इन्फिल्ड न्यु क्लासिक ३५० को साथमा रोयल इन्फिल्ड हन्टर ३५० नाम समावेश रहेको छ ।

रोयल इन्फिल्डको नयाँ बाइक हन्टर ३५० हालको लागि परीक्षणमा रहेको छ । जसको रियर र फ्रन्ट लुकको झलक देखिएको थियो ।

कम्पनीले केही समय पहिले रोयल इन्फिल्ड मेटियर ३५० को साथै रोयल इन्फिल्ड कन्टिनेन्टल जीटी ६५० र रोयल इन्फिल्ड हिमालयन नयाँ अवतारमा लन्च गरेको थियो ।

हाल कम्पनीले क्लासिक ३५० को नयाँ अवतारमा लन्च गर्न लागेको छ ।रोयल इन्फिल्डले लामो समय देखि स्क्र्याम्बलर स्टाइलको बाइक लन्च गर्ने तयारी गरिरहेको छ ।

जसको सिग्नेचर डिजाइन र फिचरको झलक पनि देखिसकेको छ । हन्टर ३५० को लिक भएको फोटो अनुसार यसमा रेट्रो स्टाइल सर्कुलर हेडल्याम्प, राउन्ड भ्यु मिरर र टियर ड्रप फ्युल ट्यांकी देखिएको छ ।

यद्यपि हन्टरमा बाकी डिजाइन निकै फरक र अलग एक्जस्ट, सिट, टेलल्याम्प इन्डिकेटर्सको साथै हाइट पनि कम रहेको छ ।रोयल इन्फिल्डको नयाँ बाइकमा मेटियर ३५० मा जस्तै नयाँ जे सिरिज ३४९ सीसीको एयर आयलकुल्ड इन्जिन समावेश गर्नेछ ।

जसले २०।२ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । हन्टर ३५० ५ स्पिड गियरबक्सको साथमा उपलब्ध हुनेछ साथै यसमा भाइब्रेसन रिडक्सन र ट्रिपर नेभिगेसन फिचर पनि उपलब्ध हुनेछ ।नेपाल अटो

 

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्