Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ भर्सनको इलेक्ट्रिक सोलार कार डेरी ईएम७ नेपाली बजारमा उपलब्ध, यस्ता छन् विशेषता !

नेपाली बजारमा उपलब्ध हुने भनिएको डेरी ब्रान्डको इलेक्ट्रिक सोलार कार ईएम ७ नयाँ भर्सनमा उपलब्ध भएको छ ।

नेपालका लागि डेरी ब्रान्डको आधिकारिक वितरक अटाहोस्ट प्रालिले हालै सो गाडी सोरुमहरुमा उपलब्ध गराएको हो ।काठमाडौंको अनामनगरस्थित सोरुममा उपलब्ध सो गाडीमा २४० एएचको सीएटीएल लिथियम ब्याट्री रहेको छ ।

यो भन्दा पहिलेका गाडीमा १५० एएच क्षमताको ब्याट्री थियो । अब यो गाडीले सिंगल चार्जमा २६० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा सोलार समेत भएकाले यसले समेत गाडीको रेन्ज बढाउन सहयोग गर्छ ।

डेरी ईएम७ मा १५ किलोवाटको मोटर रहेको छ । त्यसैगरी यसमा हिल असिस्ट कन्ट्रोल, लेदर फिनिस ड्यासबोर्ड, पावर विन्डो, रियर भ्यु क्यामेरा, सेन्ट्रल लक, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।

रातो, सेतो, सिल्भर र ग्रे गरी चार कलर भेरिएन्टमा उपलब्ध यो गाडीको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले ब्याट्रीमा ४ वर्ष वारेन्टी दिनुका साथै २ वर्ष सम्म निःशुल्क सर्भिसिङ सुविधा दिने बताएको छ ।नेपाल अटो

 

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्