Logo
५ जेष्ठ २०८१, शनिबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अश्लिल फिल्म प्रकरण : शर्लिन चोपडालाई प्रहरीले पठायो उपस्थित हुनका लागि सूचना

पछिल्लो समयमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका छन् । त्यस्तै शिल्पासँग पनि प्रहरीले बयान लिएको छ ।

अहिले मुम्बई प्रहरीको अपराध शाखाले पोनोग्राफी प्रकरणलाई लिएर विभिन्न कोणबाट छानबिन गरिरहेको छ । शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रा मुछिएका छन् ।

उनीसँग सम्वन्धीत धरै प्रमाणहरु प्रहरीले फेलापारेको दावी गरीरहेको छ । यसैबीच, अभिनेत्री शर्लिन चोपडालाई पनि सूचना पठाएको छ । शर्लिनलाई आज अगस्ट ६ मा मुम्बई प्रहरीको अपराध शाखाका उपस्थित हुन सूचना जारी गरेको हो ।

शर्लिनले राज कुन्द्रामाथि अश्लिल फिल्मको व्यवसायमा आफूलाई धकेलेको आरोप लगाएकी छन् । शर्लिनका अनुसार राजले उनलाई ‘एडल्ट कन्टेन्ट’ मा काम गर्न बाध्य पारेका थिए ।

उनले राजले सुरुमा एउटा भूमिकाका लागि अफर गरेका थिए पनि एडल्ट कन्टेन्ट बनाउन बाध्य पारे । राजले उनलाई हटशट एपका लागि सुट गर्न भनेका थिए । तर, शर्लिनले उक्त आग्रहलाई इन्कार गरेको बताउँदै आएकी छन् । त्यस्तै अभिनेत्री शिल्पाले पनि आफ्नो मान हानी भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी छन् । उक्त मुद्दा अझै विचाराधीन रहेको छ ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्