Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होन्डाको नयाँ एड्भेन्चर बाइकको टिजर लन्च, यस्ता छन् विशेषता

होन्डाको हालै नयाँ एड्भेन्चर बाइकको टिजर लन्च भएको छ । होन्डाको सो बाइक हर्नेट २.० मा आधारित रहेको छ । रिपोर्टका अनुसार सो बाइक एनएक्स२०० नामले रजिस्टर गरिएको छ ।यद्पि कम्पनीले सो बाइकको नाम सार्वजनिक गरेको छैन ।

हर्नेट २.० को इन्जिन समावेश हुने

होन्डाको सो नयाँ बाइकमा हर्नेट २.० को इन्जिन र प्लेटफर्ममा आधारित हुनेछ । जसलाई होन्डाको बिगविंग डिलशिपबाट बिक्री गरिनेछ ।

सो बाइकमा १८४.५ सीसी २ भल्व, एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन समावेश गर्ने अनुमान गरिएको छ । जसले १७.२६ बीएचपीको पावर र १६.१ एनएमको टर्क जेनेरेट गर्छ ।

फिचर

सो एड्भेन्चर बाइकमा लामो विन्डस्क्रिन, हाई ग्राउन्ड क्लियरेन्स, रेज्ड ह्यान्डल बार, एलईडी लाइट, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, लङ ट्राभल सस्पेन्शन युनिट जस्ता फिचर समावेश गरिने छ ।

सो बाइकमा हर्नेट २.० कै फ्रेम प्रयोग गरिनेछ । साथै फ्रन्ट र रियरमा १७ इन्चको टायर प्रयोग गरिनेछ । बाइकमा उत्कृष्ट रोड ग्रिपको लागि अफ रोड टायरको प्रयोग गरिनेछ ।

होन्डा टु ह्वीलर्सले सो बाइक १९ अगस्तमा लन्च गर्नेछ । कम्पनीले सो बाइकको टिजर पनि सार्वजनिक गरेको छ । सो एड्भेन्चर बाइक १ लाख ३० हजार देखि १ लाख ८० हजार भारुमा लन्च गर्ने सम्भावना रहेको छ । नेपाल अटो 

प्रकाशित मिति: Aug 5, 2021

प्रतिक्रिया दिनुहोस्