Logo
२४ बैशाख २०८१, सोमबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोरी भएको छिन्नमस्ता देवीको मुकुट भेटियो, एक जना पक्राउ

प्रदेश नं २ स्थित सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट फेला परेको छ ।
१२ घण्टापछि भेटिएको मुकुटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-५ मझाउ टोलका राजेश कुमार मण्डल छन् । चोरी भएको मुकुटसहित मण्डललाई आज बिहान पक्राउ गरी अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले ती मान्छेलाई नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ करिब ७ः३० बजे पूजारी सरसफाईमा व्यस्त भएको मौका छोपेर मन्दिरबाट भगवतीको चाँदीको मुकुट चोरी भएको थियो । मुकुटको खोजीका लागि सप्तरी प्रशासनले भारतसँगको सीमा नै सिल गरेको थियो ।

मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । तर, २०७७ साल असार महिनामा बिग्रेको यो क्यामेरा मर्मत गराउनेतर्फ कसैले ध्यान दिन सकेको छैन ।

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्