Logo
१७ बैशाख २०८१, सोमबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमाथि खनिर्दै ओलीले भने- अब चुप लागेर बस्दैनौं !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दाबी गरेका छन् । आइतबार  तुलसीलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले जिल्लाजिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खानासमेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको बताए ।

उनले यस्ता क्रियाकलापको प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

“यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौँ,” उनले “प्रतिवाद गर्छाैँ र आवश्यक पर्‍यो भने प्रतिरोध पनि ।”

ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दाबी समेत गरे । उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरूले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताए ।

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्