Logo
१७ बैशाख २०८१, सोमबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते

वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

उक्त झडपमा  ४ जना घाइते भएका छन् । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारीले बताए ।

सरकारले कोभिड-१९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा। गौतमलाई प्रमुख नियुक्त गरेको थियो ।

तर त्यसपछि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड-१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले बताएका छन् ।

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्