Logo
१७ बैशाख २०८१, सोमबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् सचिवालयको सम्पूर्ण कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट हुने

निजी बैंकबाट हुँदै आएको संसद् सचिवालयको सम्पूर्ण कारोबार अब राष्ट्रिय वाणिज्य बैंकमार्फत् हुने भएको छ। यसअघि संसद् सचिवालयको कारोबार निजी बैङ्क एभरेष्ट बैङ्कमार्फत हुँदै आएकोमा साउन १ गतेदेखि लागू हुने गरी राष्ट्रिय वाणिज्य बैङ्कमा सारिएको हो ।

सांसदहरूले लामो समयदेखि विदेशी निजी बैङ्कमा खाता सञ्चालन गर्न नहुने भन्दै विरोध गर्दै आइरहेका थिए । सांसदहरूले बैङ्क परिवर्तनको माग गरेपछि सभामुखले सरकारलाई कारोबार सरकारी बैङ्क मार्फत हुने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए।

लामो समयको प्रयत्नपछि निजी बैङ्कबाट हुँदै आएको सङ्घीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत् प्रारम्भ गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

सङ्घीय संसद् सचिवालयले २०७७ मङ्सिर १८ गते सरकारी कारोबार गर्ने बैङ्क परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्कमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो, संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सभामुखको यो पहल पछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्क तथा महालेखा नियन्त्रकको कार्यालय मार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क मार्फत सञ्चालन गर्न निर्देशन दिएको संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

त्यसैगरि राष्ट्रिय बाणिज्य बैंकलाई समेत सिंहदरबार शाखाको स्तरोन्नती र सेवा सुबिधा विस्तारको लागि समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्