Logo
१८ बैशाख २०८१, मंगलबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन् ।गत मङ्गलवारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।

शेरचन नियुक्त भएसँगै यादव बिदाइ भएर गएका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्