Logo
१८ बैशाख २०८१, मंगलबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वका १३२ देशमा फैलियो कोरोना भाइरसको डेल्टा भेरियन्ट : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।

डब्लुएचओले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ ।यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बढेको देखिएको छ ।

कतिपय क्षेत्रमा संक्रमितको संख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृतकको संख्या पनि बढेको छ ।

संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुमा संक्रमितको संख्या बढिरहेको छ ।

 

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्