Logo
१८ बैशाख २०८१, मंगलबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व माओवादी केन्द्रका चार नेताको रिट हेर्न नभ्याइने सूचीमा

माओवादीले सांसदबाट पदमुक्त गरेका ४ नेताले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो । नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि टोप बहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरु बुधबार सर्वोच्च अदालत पुगेका थिए ।

आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका थिए ।

बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण रायमाझी लगायतले दायर गरेको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा परेको हो ।

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्