Logo
१८ बैशाख २०८१, मंगलबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधामन्त्री देउवालाई काबिल, समर्पित र सिर्जनात्मक सहयोद्धा चयन गर्न नेपालको सुझाव

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई काबिल, समर्पित र सिर्जनात्मक सहयोद्धा चयन गर्न सुझाव दिएका छन् ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री देउवालाई काबिल, समर्पित र सिर्जनात्मक सहयोद्धा चयन गर्न सुझाव दिएका हुन् ।

नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदो रहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

नेता नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको बताएका छन् ।

उनले आफू २००९ मे देखि २०११ फेब्रुअरीसम्म प्रधानमन्त्री बनेको जानकारी दिँदै प्रकृति संरक्षणको सन्दर्भमा केही काम हुन गएको कुराप्रति आफूलाई गौरववोध हुने गरेको बताए ।

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्