Logo
१८ बैशाख २०८१, मंगलबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेल र सदस्यहरुद्वारा सपथ ग्रहण

प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री देउवाले सिंहदरबारमा बिहीबार बिहान पौडेललाई सपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो ।

राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।

 

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्