Logo
१८ बैशाख २०८१, मंगलबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् बिस्तारबारे छलफल हुने

आज पनि सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।

आज बिहान बस्ने बैठकले गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डाको टुंगो लगाउने संभावना रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने विषयमा गठबन्धनका शिर्ष नेताहरूले हिजो पनि छलफल गरेका थिए ।

प्रायः सबै दलबाट मन्त्री छान्ने काम शीर्ष नेताहरूले पाइसकेका छन् । देउवा सरकारमा अहिले चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ ।

नेता नेपाल पक्षका सांसदहरू सरकारमा जाने कि नजाने भन्नेमा दुई धारमा विभिजित छन् । जनमोर्चाले आफूहरू सरकारमा नजाने बताइसकेको छ ।

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्