Logo
१८ बैशाख २०८१, मंगलबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान मिच्न सिकाएका सांसदहरुले अहिले परमादेशको कुरा उठाइरहेको बिडारीको टिप्पणी

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संविधान मिच्न सिकाएका सांसदहरुले अहिले परमादेशको कुरा उठाइरहेको  टिप्पणी गरेका छन् ।

बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न सिकाएका सांसदहरुले अहिले परमादेशको कुरा उठाइरहेको बिडारीले टिप्पणी गरेका छन् ।

बिडारीले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने बताएका छन् । ‘यस्ता कुरा गरेर हामीले खाएको तलब भत्ता पच्दैन, यस्ता कुरा भोलिबाट नगरौं,’ उनले भने ।

उनले भने ‘परमादेश सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम-ग्वाम लिएर खाइरहेका हामी सांसदहरु अनि परमादेशलाई श्राप ?अनि परमादेशका विरुद्ध यत्रा कुरा?’

नेकपा एमालेका सांसदहरुले अहिलेको सरकार परमादेशबाट बनेको टिप्पणी गर्दै आइरहेका छन् । तर बिडारीले त्यसको प्रतिवाद गर्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको कागज हेर्न आग्रह गरे ।

‘प्रधानमन्त्रीले नियुक्ति राष्ट्रपतिले गरेको हो । राष्ट्रपतिलाई बेइज्जत गराउने सांसद हो कि होइन ?’ उनले प्रश्न गरे, ‘सांसदहरु मिलेर राष्ट्रपतिले गरेको कागजको विरुद्धमा परमादेशबाट भयो भनेको छ । हेर्ने त प्रमाण रु हेर्ने त नियुक्ति?’

उनले प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार गरेको हेक्का राख्न सांसदहरुलाई आग्रह गरे ।

सांसद विडारीले नेकपा एमाले र माओवादी केन्द्र पनि सर्वोच्चको परमादेशबाट अलग भएको भन्दै परमादेशबाट बनेको दलमा बसेर परमादेशकै विरोध नगर्न आग्रह गरे ।

‘परमादेशबाटै एमाले नामको दल खडा भयो, माओवादी दल खडा भयो । त्यही दलमा बसेर बुर्लुक बुर्लक उफ्रेर मोजमस्ती गरेर यस्तो काम भइरहेको छ,’ उनले भने ।

सांसद विडारीले सर्वोच्च अदालतको फैसलाको विषयमा जनताले छलफल गर्न सक्ने र विद्रोहीले विद्रोह गर्न सक्ने तर संसदमा कुरा उठाउन नपाइने पनि बताए ।

‘के यो संसद सर्वोच्च अदालतको फैसलाको रिभ्यु गर्ने पुनरावलोकन गर्ने ठाउँ हो ? हामीले त्यस्तै संविधान बनाएको हो र? संविधानमा त्यही लेखेको छ ?’ उनले भने । संसारको कुनै पनि देशको संसदमा अदालतको फैसलाबारे छलफल नहुने उनले बताए ।

 

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्