Logo
२६ बैशाख २०८१, बुधबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी, माधव नेपाल अनुपस्थित

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ ।

आज बिहान ९ बजेका लागि बैठक बोलाइए पनि केही ढिला बैठक सुरू भएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठकमा छलफल भएको छ।

बैठकमा नेकपा एमालेका माधवकुमार नेपाल भने अनुपस्थित छन्। उनलाई पनि बैठकमा आउन खबर गरिएको थियो।तर नेता नेपालनिकट बिजय पौडेल गठबन्धन बैठकमा सहभागी रहेको स्रोतले जानकारी दिएको छ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्न गठबन्धन बैठक बसेको हो। देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन्।

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्