Logo
२६ बैशाख २०८१, बुधबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।जबर्जस्ती करणी उद्योग मुद्दामा महराले उच्च अदालतबाट पनि सफाइ पाएका हुन् ।

उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । महरालाई २०७६ फागुन ५ गते काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो ।

काठमाडौँ जिल्ला अदालतले सफाइ दिएपछि सरकार महराविरुद्ध मुद्दा लिएर उच्च अदालत पाटन पुगेको थियो ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्