Logo
२७ बैशाख २०८१, बिहीबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई सांसद गंगाको प्रश्न : फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ?

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले माधव नेपाललाई प्रश्न गर्दै फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ भनि प्रश्न गरेकी छन् ।

उनले आज संसदमा बोल्दै साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारको विरोध जनाएकी हुन् ।

‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ सबैको एउटै हैसियत हैन र ?उनले भनिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सत्गौवाले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् । ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ’ उनले भनीन्।

समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए ।समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका सांसद सत्गौवाले बताइन् ।

 

सांसद सत्गौवाले आगामी दिनमा यस्तो घटना दोहो¥याए थारु समुदायलाई स्वीकार्य नहुने बताइन् ।समितिको बैठकमा सांसद रानाले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आलोचना गर्दा एमालेकै नेपाल पक्षका सांसद र अरु दलका सांसद उनीमाथि खनिएका थिए ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्