Logo
२३ बैशाख २०८१, आईतबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गते संचालन हुने

नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा आगामी भदौ १९ गते संचालन गर्ने भएको छ।

नेपाल नर्सिङ काउन्लिलले सुचना जारी गर्दै प्रविणता प्रमाण पत्र तह (पिसिएल) वा बिएस्सी नर्सिङ र व्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थी लान्सेस परीक्षणामा सामेल हुन पाउने जनाएको छ।

काउन्सिलले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सक्ने जनाएको छ।

साथै, अनलाइन बाहेक अन्य कुनै माध्यमबाट परीक्षाका लागि आवेदन फारम बुझाउन नपाइने भन्दै काउन्सिलले exan.nnc.org.np मा गई दिइएको निर्देशन अनुसार फारम बुझाउन अनुरोध गरेको छ। परीक्षा बिहान ९ बजेदेखि ११ः ३० बजेसम्म हुने बताइएको छ।

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्