Logo
११ बैशाख २०८१, मंगलबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने

भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा हुने भएको छ । भन्सार विभागका अनुसार १७ वैशाख शनिवार दिनको २ बजेदेखि परीक्षा हुने छ ।

उच्च अदालत पाटनले यस अघि परीक्षा स्थगन गर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय भएपछि परीक्षाको नयाँ मिति तोकिएको विभागले जनाएको छ ।

यसअघि गत २८ फागुनका लागि तोकिएको परीक्षा २७ गते साँझ तेस्रो पटक स्थगन भएको थियो ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्