Logo
१७ बैशाख २०८१, सोमबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरवीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुरवीच भेटवार्ता भएको छ ।आज (बुधवार) बिहान अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

जसपाले उठाउँदै आएका मागका बारेमा देउवा र ठाकुरबीच कुराकानी भएको स्रोतले जानकारी दिएको छ । ठाकुर पक्षले रेशम चौधरीलाई जेलबाट रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायतका माग राख्दै आएको छ ।

ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्