Logo
१७ बैशाख २०८१, सोमबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बकर इद पर्वले सबै नेपालीबीच सद्भाव र राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रकेका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्यायुका लागि शुभकामा व्यक्त गरेकी छन् ।

साथै भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन् ।

राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेकी छन् ।

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा ९बकर इद० का अवसरमा  उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने जनाएकी छन्।

राष्ट्रपति भण्डारीले  भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएकाले विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन आग्रह गरेकी छन् ।

 

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्