Logo
२६ बैशाख २०८१, बुधबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : अनलाइनबाटै घरमै बसेर डिम्याट खाता नवीकरण गर्ने तरिका !

अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो ।नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब ६ दिन बाँकी छ ।

सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । यसका लागि हामी बैकमै धाइराख्नु पर्दैन् । आज हामी तपाईलाई डिम्याट खाता अनलाइनबाटै नवीकरण गर्ने तरिकाबारे जानकारी दिन गइरहेका छौ ।

अनलाइनबाटै यसरी गर्नुस् नवीकरण

अनलाइनमार्फत डिम्याट खाता र मेरो सेयर नवीकरण गर्नका लागि सबैभन्दा पहिले मेरो सेयरमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि दायाँ भागको माथिपट्टि आफ्नो नाम भएको ठाउँमा गएर क्लिक गर्नुहोस् । त्यसको तलपट्टि ‘मेरो सेयर एक्सपायर डेट’ र ‘डिम्याट एक्सपायर डेट’ देखिनेछ । त्यहाँ गएर ‘रिन्यु अकाउन्ट’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ ई–सेवा, खल्ती, आइएमई पे, कनेक्ट आइपीएसको लिङ्क देखिनेछ ।

तपाईंले कुन माध्यमबाट भुक्तानी गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस् । आफूले छानेको मध्यममा क्लिक गर्नुहोस् । त्यहाँ मेरो सेयर, डिम्याट खाता र मेरो सेयर र डिम्याट (एकै ठाउँ) मा आउँछ । यदि दुवै नवीकरण गर्ने हो भने दुवै एकै ठाउँमा आएकोमा क्लिक गर्नुहोस् होइन भने मेरो सेयर र डिम्याट कुन गर्ने हो एउटा क्लिक गर्नुहोस् ।

 

अहिले डिम्याट खाता नवीकरण गर्ने समय भएकाले डिम्याट खाता नवीकरणमा जाऊँ । अब यहाँ तपाईंलाई ‘प्लिज इन्टर द नम्बर अफ इयर्स’ भन्ने अप्सन आउँछ । यो भनेको तपाईंले कति वर्षका लागि डिम्याट खाता नवीकरण गर्न लाग्नु भएको हो, त्यो नम्बर राख्ने हो । कति वर्षको लागि गर्ने हो, त्यो राखेपछि पैसा आउँछ । त्यसपछि तल ‘प्रोसिड’ भन्ने अप्सन आउँछ, त्यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि आफ्नो अकाउन्ट खोल्नुपर्छ । सबै राखेपछि कन्टिन्यु पेमेन्टमा क्लिक गर्ने, त्यसपछि तपाईंको ट्रान्जेक्सन डिजेट र युजर डिटेल आउँछ । अनि कन्टिन्यु पेमेन्ट गर्ने ।

अब तपाईं पेमेन्टको लागि ठीक छ भन्ने लाग्यो भने कन्फर्म गरिदिनुस् । त्यसपछि पेमेन्ट ‘सक्सेसफुल’ भनेर डिम्याट नवीकरणको स्लिप आउँछ । हाल डिम्याट खाता साढे ३६ लाख भन्दा बढी भइसकेका छन् ।

 

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क १ सय रुपैयाँ र मेरो सेयर प्रयोगकर्ताले थप वार्षिक ५० रुपैयाँ तिनुपर्ने हुन्छ । मेरो सेयरको हकमा यो सुरु गरेको १ वर्षमा नवीकरण गर्ने हो भने डिम्याट खाता जहिले खोलेको भए पनि असार मसान्तसम्म नवीकरण गर्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्