Logo
१ जेष्ठ २०८१, मंगलबार
(July 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिलिप कुमारको किन सन्तान भएनन् ? यस्तो छ कारण जान्नुहोस् !

बलिउडका दिग्गज कलाकार दिलिप कुमारको ९८ वर्षमा हिजो बुधबार विहान निधन भएको छ । अहिले उनकी पत्नी सयरा बानु मात्र छिन् । उनीहरुबाट कुनै सन्तान भएनन् ।

बलिउड बजारमा  दिलिप कुमारको सन्तान नभएकोबारे हिन्दी सिनेमा क्षेत्रमा निकै हल्ला चल्थ्यो । धेरैले जिज्ञासा पनि राखे । आफ्नो आत्मकथामा दिलिप कुमारले सन्तान नहुनुको कारण खुलाएका छन् ।

दिलिप कुमारः द सब्स्ट्यान्स एन्ड द स्याडो पुस्तकमा उनले सन्तानबारे खुलाएका छन् । दिलिप कुमारले सन् १९६६ मा सैरा बानुसँग विवाह गरेका थिए । विवाह गर्दा दिलिप कुमार ४४ वर्षका थिए भने बानु २२ वर्षकी थिइन् ।

सन् १९७२ मा ५० वर्षीय दिलिप कुमार र २८ वर्षीया सयरा बानुबाट सन्तान हुँदै थियो । बानु ८ महिनाकी गर्भवती थिइन् । पुस्तकमा उल्लेख भए अनुसार बच्चा जन्मने समय पुग्नै लाग्दा बानुमा शारीरिक समस्या देखियो ।

उच्च रक्तचापले गर्भवती सयरा बानुको ज्यान नै जोखिममा पर्यो । निकै समस्या भएपछि बच्चाको मृत्यु भयो । त्यसपछि उनीहरुले सन्तानको प्रयास कहिले गरेनन् । अल्लाको चाहना नै यही रहेछ भनेर चित्त बुझाए ।

दिलिप कुमारले सन् १९८१ का हैदराबादकी आसमा साइबासँग विवाह गरे । तर, त्यो विवाह २ वर्ष मात्र टिक्यो । सन् १९८३ मा पारपाचुके भयो ।सयरा बानुले दिलिप कुमारलाई जीवनको कठिन घडीहरुमा साथ दिइन् । अन्तिम समयमा पनि उनी दिलिप कुमारको स्वास्थ्योपचारमा खुबै खटिइन् । तर, ९८ वर्षीय भेट्रान कलाकारमा क्यान्सर फैलिइसकेको थियो । उनलाई प्रोस्टेट क्यान्सर भएको थियो । शरीरका अङ्गहरुमा फैलिएर किड्नी नै फेल बनायो । जसका कारण उनको निधन भयो ।

बलिउडमा आकर्षक व्यक्तित्वका दिलिप कुमारको धेरै नायिकाहरुसँग नाम जोडियो । उनको मधुवालासँग पनि प्रेम सम्बन्ध रह्यो । तर, सात वर्ष चलेको सम्बन्ध टुट्यो ।

कामिनी कौशल र बैजन्तीमालासँग पनि उनको प्रेम सम्बन्ध रहेको थियो । प्रेम सम्बन्ध रहेका केही कलाकारसँग विवाहको चर्चा पनि चलेको थियो । तर, प्रेम सम्बन्ध नै लामो समय टिक्न सकेन ।एजेन्सी

 

प्रकाशित मिति: Jul 8, 2021

प्रतिक्रिया दिनुहोस्