Logo
३१ बैशाख २०८१, सोमबार
(July 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री गहना बशिष्ठ हृदयघातको कारण अस्पताल भर्ना

भारतीय अभिनेत्री गहना बशिष्ठ हृदयघातको कारण अस्पताल भर्ना भएकी छन् ।

हृदयघातको कारण उनलाई अस्पताल भर्ना गरिएको जानकारी उनका प्रवत्ता फ्लिन रेमेडियोसले दिएका छन् ।रेमेडियोसले मिडियासँग कुरा गर्दै गहनालाई शनिबार हृदयघातका कारण पिश्चम मुम्बईको एक अस्पतालमा लगिएको र आफु मिल्न समेत जान नपाएको बताए ।

उनले अगाडि भने ‘गहनाको अस्पताल भर्ना गरिएको, उनी बेहोस रहेको र कसैसँग बोल्न नसक्ने रहेको मलाई भनिएको छ ।’

यस अगाडि पनि २०१९ मा सुटिङको सिलसिलामा गहना गम्भिर बिरामी परेकी थिइन् । त्यो समय उनले केही नखाई काम गरिरहेकी थिइन् ।

जसको कारण उनी बेहोस भएकी थिइन् । सो समय उनी कयौ दिनसम्म पनि अस्पतालमा बेहोश रहेको बताइन्छ ।

प्रकाशित मिति: Jul 6, 2021

प्रतिक्रिया दिनुहोस्