Logo
२६ बैशाख २०८१, बुधबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु

google photo

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

फिलिपिनी एयर फोर्सको ८५ जना सैनिकसहित उडेको विमान  दुर्घटनामा परी कम्तिमा १७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले बताएको छ ।

फिलिपिन्सको दक्षिणी आइसल्यान्ड जोलोमा आइतबार दुर्घटना भएको र कम्तिमा १७ जनाको मृत्य भएको अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले बताएको छ ।

मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।फिलिपिनी सैन्य प्रमुख सिर्लिटो सोबेजनाले अवतरणका क्रममा विमान धावनमार्ग गुमाएर दुर्घटनामा परेको बताएका छन् ।

हालसम्म ४० जनाको उद्धार गरिएको जानकारी दिँदै आफूहरूले पूर्ण कोसिस गरिरहेको उनले बताएका छन् ।साथै यस अगाडि दुई महिना अघि फिलिपिन्समा एउटा सेनाको जहाज दुर्घटना भएको थियो ।

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्