Logo
१ जेष्ठ २०८१, मंगलबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना

klबलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि शाह अस्पताल भर्ना भएका हुन् ।

७० वर्षका अभिनेतालाई  फोक्सो तथा निमोनियाको समस्या देखिएको छ । यसअगाडि पनि कयौं पटक शाहको स्वास्थ्य अवस्थाबारे यस्तै समाचार बाहिर आएको थियो ।

तर, ती खबर सबै झुटो साबित भएका थिए । अहिले भने खबर साँचो भएको शाहका म्यानेजरले बताएका छन् ।म्यानेजरले भने- ‘शाहलाई दुई दिनदेखि अस्पताल भर्ना गरिएको छ । उनी डाक्टरको निगरानीमा रहेका छन् । निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो । अहिले फोक्सोमा पनि समस्या छ र अवस्था स्थिर रहेको छ ।’

शाहले १९७५ को फिल्म ‘निशान्त’ बाट बलिउड डेब्यु गरेका थिए । अहिलेसम्म उनले एकसय बढी फिल्म अभिनय गरेका छन् । उनी पछिल्लो समय ‘रामप्रसाद की तेरहवी’ मा देखिएका थिए । उनी फिल्ममा दमदार अभिनय गर्ने अभिनेताको रुपमा परिचित छन् ।

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्