Logo
२७ बैशाख २०८१, बिहीबार
(June 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानडामा प्रचण्ड गर्मीको कारण मृत्यु हुनेको संख्या १३० पुग्यो

अहिलेसम्मकै प्रचण्ड गर्मीको कारण क्यानडामा १३० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । भ्यानकुभर प्रहरीका अनुसार शुक्रबारयता सो क्षेत्रमा गर्मीकै कारण १३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेहरुमा अधिकांश वृद्धवृद्धा र कुनै न कुनै रोगसँग जुधिरहेका व्यक्तिहरु छन् । मंगलबार लगातार तेस्रो दिन क्यानडाको ब्रिटिस कोलम्बियास्थित लाइटनमा अहिलसम्मकै सर्वाधिक तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड भयो ।

यो साता अगाडि उक्त क्षेत्रमा तापमान ४५ डिग्री सेल्सियसभन्दा बढी मापन भएको थिएन । उत्तर पश्चिमी अमेरिका र क्यानडाको आकाशमा तातो हावाको उच्च प्रवाह हुँदा सो क्षेत्रमा गर्मी बढेको बताइएको छ ।

भ्यानकुभर सहरमा मात्र ६५ जनाले गर्मीकै कारण ज्यान गुमाए । बर्नबे क्षेत्रमा मात्र ३४ जनाको एक्कासी मृत्यु भएको छ भने सर्रे क्षेत्रमा ३८ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी सर्जेन्ट स्टिभ एडिसन भन्छन् स् यसअघि भ्यानकुभरमा यस्तो गर्मी कहिल्यै महसुस भएको थिएन, दुःखसाथ भन्नुपर्छ दर्जनौं मानिसले गर्मीकै कारण ज्यान गुमाएका छन् ।’

इन्भाइरोमेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अलबेटासहितका ठाउँलाई चेतावनीसहितको सूचना जारी गरेको छ ।

अमेरिकाको पोर्टल्यान्ड र सियाटलमा सन् १९४० यताकै सर्वाधिक गर्मी महसुस गरिएको छ । सियाटलमा ४२।२ डिग्री सेल्यिससम्म तापक्रम पुगेको छ ।

प्रकाशित मिति: Jun 30, 2021

प्रतिक्रिया दिनुहोस्