Logo
२६ बैशाख २०८१, बुधबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकर्मीलाई चुम्बन गरी विवादमा आएका ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यानककद्वारा राजीनामा

ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।

सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि विवादित बनेका ब्रिटेनका स्वास्थ्यमन्त्री ह्यानककले  राजीनामा दिएका हुन् ।

स्वास्थ्यमन्त्री  ह्यानककले सहकर्मी जीन कोलेड्यानजेलोलाई सामाजिक दूरीको नियम तोड्दै चुम्बन गरेको तस्विर त्यहाँको द सन पत्रिकाले छापेपछि उनीमाथि पद छाड्न दबाब बढेको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनलाई स्वास्थ्यमन्त्रीले राजीनामा पत्र लेखेका छन् । राजीनामा पत्रमा भनिएको छ,‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने छ ।’

प्रधानमन्त्री जोनसनले स्वास्थ्मन्त्रीको राजीनामाले आफू दुःखी भएको बताएका छन् ।नयाँ स्वास्थ्यमन्त्रीको जिम्मेवारी पूर्वअर्थमन्त्री शजिद जावेदलाई दिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: Jun 27, 2021

प्रतिक्रिया दिनुहोस्