Logo
२० बैशाख २०८१, बिहीबार
(June 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने {तालिकासहित}

त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सञ्चालन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ।

तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार साउन २८ गते परीक्षा सकिने छ।

त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे शिक्षा संकायको पनि परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा साउन १० गतेदेखि सुरु भई २५ गते सकिने छ। चार वर्षे तथा तीन वर्षेको बिबिएसको परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने छ।

सबै परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

प्रकाशित मिति: Jun 25, 2021

प्रतिक्रिया दिनुहोस्