Logo
२६ बैशाख २०८१, बुधबार
(June 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा आवासीय भवन भत्किँदा १ को मृत्यु, ९९ जना सम्पर्कविहिन

अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा एउटा आवासिय भवन भत्किँदा कम्तिमा १ जनाको मृत्यु भएको छ ।

१२ तले उक्त भवनको आधा भाग ध्वस्त भएको छ । त्यहाँ दर्जनौ घाइते भएका छन् ।लगभग १०२ घरपरिवार बस्दै आएको भएपनि भवन भत्केको समयमा कति जना थिए भन्ने खुलेको छैन् ।

त्यहाँका मेयर डेनियल लेभिन कावाले ९९ जना सम्पर्क विहिन रहेको बताए ।सन् १९८० मा निर्माण गरिएको त्यो भवनमा २३० वटा फ्ल्याट रहेको थिए । भवन कसरी भत्कियो भन्नेबारे छानविन थालिएको छ ।

प्रकाशित मिति: Jun 25, 2021

प्रतिक्रिया दिनुहोस्