Logo
२६ बैशाख २०८१, बुधबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले लगायो इरानको वेबसाइटमा प्रतिबन्ध

अमेरिकाले इरानको वेबसाइटमा रोक लगाएको छ । इरान सरकारसंग सम्बद्ध ३ दर्जन भन्दा बढी सामाचारसंग सम्बन्धित वेबसाइटहरुमा अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएलगत्तै अमेरिकाले इरानी समाचार वेबसाइटलाई निशाना बनाएको हो ।कट्टरपन्थी छवी भएका नेता रायसीको आगमनले इरानसँगको सम्बन्ध बिग्रन सक्ने अमेरिकाको अनुमान छ ।

प्रतिबन्ध लगाईएका वेवसाइटहरुले इरानद्धारा गरिएको कुनै पनि कामकारबाहीको दुष्प्रचार गर्ने गरेको पाइएको अमेरिकी अधिकारीहरुको दावी छ ।

प्रतिबन्धित वेवसाइटहरुमा इरानको सरकारी टेलिभिजन च्यानल, हुथी बिद्रोहीको अल मसीराह च्यानल र इरानको अरबी भाषका टेलिभिजन च्यानल रहेका छन् ।

 

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्