Logo
२६ बैशाख २०८१, बुधबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ४५२२ जनामा कोरोना पुष्टि, ४९५४संक्रमणमुक्त र ४१को मृत्यु

file photo

नेपालमा आज थप ४,५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२२०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३,७०३ र ४,७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४,५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ।  २४ घण्टामा देशभर ४ हजार ५४४जना संक्रमित निको भएका छन्।

नेपाल संक्रमित निको हुने दर ९० दशमलब २ प्रतिशत रहेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना संक्रमित निको भइसकेका छन्।

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्