Logo
१९ बैशाख २०८१, बुधबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशनको तयारीका लागि देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेताहरुसँग छलफल गर्दै

नेपाली कांग्रेसका नेताहरु आगामि महाधिवेशन गर्ने कार्यतालिका पारित गरेसँगै आन्तरीक छलफलको तयारीमा जुट्न लागेका छन् ।

कांग्रेसका सभापती शेरबहादुर देउवा आगामी महाधिवेशनबाट पनि आफ्नै नेतृत्वमा पार्टी अघि बढाउने सोचमा शनिवारदेखि सातै प्रदेशका आफू निकट नेताहरूसँग छलफलमा जुटिरहेका छन् ।

त्यस्तै पार्टीको केन्द्रिय कार्यसमितिले आगामि भदौं १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका पारित गरेसँगै  देउवाले आन्तरिक भेटघाट र परामर्श तिव्र पारेका छन् ।

सभापती देउवाले आज पनि आफ्नो समुहका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै छन् । आज उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग कुराकानी गर्न लागेका हुन् ।

देउवाले यसअघि आफ्नै निवास बुढानिलकण्ठमा प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका आफ्ना समुहका नेताहरुसाँ छलफल गरिसकेका छन् ।

उनले आइतबार बागमती प्रदेशका नेताहरूसँग छलफल गर्दाकृष्ण प्रसाद सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न सभापति देउवालाई निकट नेताहरूले सुझाव दिएका थिए ।

आसन्न १४ औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका देउवालाई यसपटक आफ्नै समुह मिलाउन कठिन हुने संभावना दखिन्छ ।

लामो समयदेखि आफ्नो समुहमा रहेका उपसभापति बिमलेन्द्र निधीले पनि यसपटक सभापतिका उठ्ने बताएपछि देउवा अप्ठ्यारोमा परेका हुन् ।

निधी असन्तुष्ट भएपछि उनी पछिल्लो सयम कृष्ण सिटौला र अन्य नेताहरुलाई मिलाउनेतर्फ लागेका छन् ।

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्